पदभार ग्रहणसँगै विद्युत बक्यौता उठाउने उर्जामन्त्रीको पहिलो निर्णय

पदभार ग्रहणसँगै विद्युत बक्यौता उठाउने उर्जामन्त्रीको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै पहिलो निर्णय लिएका छन् ।

मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम उठाउन निर्देशन दिने निर्णय गरेका छन् । उनी यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहेका बेला पनि बक्यौता रकम असुल्ने पहल गरेका थिए , तर तत्कालीन सरकारले यसमा रोक लगाएको थियो ।

त्यसैगरी, मन्त्री घिसिङले पदभार ग्रहणको अवसरमा खादा, माला र अबिर जस्ता पारंपरिक स्वागत सामग्री लिन नहुने घोषणा पनि गरेका छन् ।

 

Tokha