काठमाडौं । सोमबार राष्ट्रपति कार्यालयको जीर्ण भवन बाहिर आयोजित कार्यक्रममा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनीले राष्ट्रपति कार्यालय (शीतल निवास) जीर्ण बनेकाले गत शुक्रबार प्रधानमन्त्री कार्कीले पनि निवास भित्रै शपथ लिएकी थिइन् । तर, आज भने मन्त्रीहरूको शपथका लागि जीर्ण भवन बाहिर पाल टाँगेर व्यवस्था मिलाइएको हो ।
शपथ लिने मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकास मन्त्री कुलमान घिसिङ, र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल रहेका छन्। यसअघि घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
शपथ ग्रहण समारोहमा विभिन्न सरकारी निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रमुखहरू लगायत अन्य अतिथिहरूको पनि उपस्थिति थियो।

































