पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले छोडिन् रास्वपा

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले छोडिन् रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । उनले आफूले पार्टी छोडेको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

पार्टी छोड्ने जानकारी दिँदै श्रेष्ठले लेखेकी छिन्, ‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाँडेँ।’

रास्वपा स्थापनाकालदेखि नै सक्रिय रहेकी श्रेष्ठ पार्टीको महत्त्वपूर्ण सदस्य थिइन् । उनको यो निर्णयपछि रास्वपाभित्र हलचल आएको छ । यद्यपि, उनले पार्टी छोड्नुको कारणबारे भने थप खुलाएकी छैनन्।

Tokha