काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिमा प्रणालीलाई व्यवस्थित गर्न राष्ट्रिय विकास समस्या समाधानमा आफ्ना एजेण्डा पेस गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडलले बिमा प्रणालीलाई व्यवस्थित गर्नका लागि पैरवी गर्न जरुरी रहेको भन्दै विकास समस्या समाधान समितिमा बिमालाई एजेण्डा बनाएर पेस गर्ने बताएका हुन् ।
शुक्रबार बसेको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले भने, ‘ बिमा प्रणालीलाई व्यवस्थित गर्नका लागि यसको पैरवी गर्ने, आवश्यक नीतिगत व्यवस्था गर्ने सन्दर्भको बहसलाई हामी सबैले अगाडि बढाउन सक्नुपर्छ । सबैले बिमाको पैसा स्वास्थ्य मन्त्रीको खोजीमा छ झिक्न गाह्रोले नदिएको जस्तो गर्छन् । त्यो कहाँबाट ल्याएर दिने रु अहिले बिमाको नयाँ नेतृत्व आएपछि धेरै ताकेता गरेपछि बल्ल परिक्षणको काम दुर्तगतिमा अगाडि बढेको छ ।’
उनले बिमाको आम्दानी नभए अवस्था नाजुक रहेको भन्दै सबै सरकारी स्वास्थ्य सेवाहरु एकीकृत गर्नुपर्ने बताए ।
‘बिमाको आम्दानी खर्च अनुसार बढाउने गरी पैरवी गर्न जरुरी छ । यो विषय हामो राष्ट्रिय विकास समस्या समाधानको एजेण्डा हुन्छ त्यहाँ हामी पेस गर्छौ । सबै सरकारी स्वास्थ्य सेवाहरु एकीकृत गर्नुपर्छ । सामाजिक सुरक्षा कोषको स्वास्थ्य तर्फको पैसा बिमा बोर्डमा जानुपर्छ, सञ्जय कोषको स्वास्थ्य तर्फको पैसा बिमा बोर्डमा जानुपर्छ,’ उनले भने ।
मन्त्री पौडेलले २०७४ को ऐनले व्यवस्था ऐन, नियम लागु नभई त्यसलाई प्रतिस्थापन गर्न अर्को नियम ल्याउन खोजेको बताए । उनले तीनै तहका सरकारले स्वास्थ्य सुविधामार्फत गर्ने खर्च बिमा बोर्डबाट जानुपर्ने समेत बताए ।
‘तीनै तहका सरकारले स्वास्थ्य सुविधा अन्तर्गत खर्च गरेको सबै पैसा बिमा बोर्डबाट जाने व्यवस्था गर्नुपर्छ । त्यसलाई व्यवस्थित गर्ने उपायहरु के के हुन सक्छन् त्यसका लागि थर्ड पार्टी अडिट प्रणाली विकास गर्ने हो कि,’ उनले भने ।

































