इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना र कारवाही नगरिने

इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना र कारवाही नगरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना हुने विषयलाई तत्काल रोकिएको बताएका छन् ।

विहीबार प्रतिनिधि सभाको बैठकमा उनले इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश जोड्दै लाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने स्पष्ट पारेका हुन् ।

उनले भने, ‘इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्ने कुरा आइसकेपछि धेरै हल्ला भएकाले नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश जोड्दै लाने निर्णय भएको छ । तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिएको छ ।’

Tokha