प्रधानमन्त्री ओलीको स्वास्थ्य प्रतिकूलताका कारण प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रधानमन्त्री ओलीको स्वास्थ्य प्रतिकूलताका कारण प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्वास्थ्य प्रतिकूलताका कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने भएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूलाई जानकारी दिँदै प्रधानमन्त्री आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी नहुने बताए ।

प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा जवाफ दिने कार्यसूची पनि स्थगित गर्नुपर्ने भएको छ।

सांसदहरूले सोध्ने प्रश्नको तयारी भइसकेको भए पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण कार्यक्रम आजका लागि स्थगित गरिएको हो ।

Tokha