धुलो र हिलो रहित सडकको परिकल्पनालाई सार्थक तुल्याउन काम भइरहेको छ : अर्थमन्त्री पौडेल

धुलो र हिलो रहित सडकको परिकल्पनालाई सार्थक तुल्याउन काम भइरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिकरुपमा सार्थक तुल्याउन काम गरिरहेको बताएका छन् ।

बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५ को उद्घाटन गर्दै सडक निमार्णको सिलसिलामा धुलो र हिलो रहित सडकको परिकल्पना पुरा गर्न काम गरिरहेको बताएका हुन् ।

उनले भने, ‘अब हामी सडकको सन्दर्भमा धुलो रहित सडक र हिलो रहितको परिकल्पना मात्र गरिरहेका छैनौ त्यसलाई व्यहारिक रुपमा सार्थक तुल्याउदै छौ । हामी सडक निमार्णको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौ ।’

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर बृद्धिका साथै भु-बनोट अनुसार बिसिसि वा आरसिसिको आवश्यकता अनुसार सडक निर्माण गरिने बताए ।

‘चालु आर्थिक वर्षको बजेटमा हामीले प्रस्ताव गरेका छौ कि अव सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले खासगरिकन त्यस्ता ठाउँहरु जहाँको भु-बनोटले आरसिसि कस्ट्रक्सनको डिमान्ड गर्छ । सिमेन्ट, रोडा, डण्डिको आवश्यकता पर्छ त्यो हिसाबले बिसिसि वा आरसिसि गरेर हामीले सडक निमार्ण गर्नुपर्छ,’ उनले भने ।

Tokha