इन्द्रबहादुर बानियाँ सरकारका लागि एमालेको मन्त्री टुंगो, भौतिक पूर्वाधारमा डा. दिनेशचन्द्र देवकोटा

इन्द्रबहादुर बानियाँ सरकारका लागि एमालेको मन्त्री टुंगो, भौतिक पूर्वाधारमा डा. दिनेशचन्द्र देवकोटा

काठमाडौं । नेकपा एमालेले इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्न लागेको नयाँ प्रदेश सरकारका लागि सहभागी हुने मन्त्रीहरूको नाम निश्चित गरेको छ ।

पार्टीको भागमा परेको ६ मन्त्रालयका लागि एमालेले एकजना पुरानालाई निरन्तरता दिँदै पाँच नयाँ अनुहारलाई मन्त्री पठाउने निर्णय गरेको हो ।

पुनः नियुक्त हुने एक मात्र नेता वर्तमान स्वास्थ्य मन्त्री किरण थापामगर हुन्, जसले आगामी कार्यकालमा पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

नयाँ अनुहारका रूपमा श्रम, रोजगार तथा यातायात मन्त्रालयको नेतृत्व काठमाडौंका जयराम थापालाई दिइनेछ । वन तथा वातावरण मन्त्रालय दोलखाका भरतबहादुर केसीलाई, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ललितपुरका मधुसुधन पौडेललाई, भौतिक पूर्वाधार मन्त्रालय काठमाडौंका डा. दिनेशचन्द्र देवकोटालाई र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय काठमाडौंकै विन्दु श्रेष्ठलाई दिइने एमालेले तय गरेको छ ।

यसअघि कांग्रेस संसदीय दलको नेताको रूपमा रहेका बहादुरसिंह लामाले पार्टीको दबाबपछि पदबाट राजीनामा दिएका थिए । लामाको राजीनामापछि कांग्रेसले इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता बनाउँदै मुख्यमन्त्रीमा प्रस्ताव गरेको हो । बानियाँ आजै मुख्यमन्त्रीको पदभार सम्हाल्ने तयारीमा छन् ।

Tokha