मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा पत्र सोमबार प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन्।
मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्र लामाले हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् । उनले उक्त पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई बुझाएका छन् ।
प्रदेश प्रमुख देवकोटा केही समयदेखि बिरामी भएर काठमाडौंमा उपचाररत थिए, तर हाल उनी स्वास्थ्य सुधारसँगै हेटौंडा फर्किएका छन् ।
मुख्यमन्त्री लामाले आइतबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिने घोषणा गर्दै आफ्नो कार्यकालको समीक्षा गरेका थिए । उनले व्यक्तिगत कारण र राजनीतिक परिस्थितिका कारण राजीनामा दिएको स्पष्ट पारेका छन् ।
यससँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

































