एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सुम्पिएका छन् ।

यो जिम्मेवारी ओलीले तुर्कमेनिस्तानमा आयोजना हुने विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा सहभागी हुन गएपछि प्रदान गरेका हुन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, ओलीको अनुपस्थितिमा पार्टीको विधान २०७८ को धारा २१ (९) अनुसार वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको भूमिका दिएको हो ।

प्रधानमन्त्री ओली आगामी साउन २३ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Tokha