बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

काठमाडौं । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नयाँ नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दै वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरेका हुन् । निर्वाचन समितिका अनुसार, लामाले १४ मत प्राप्त गरे ।

कूल ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए, जसमध्ये एक मत बदर भएको जनाइएको छ । यो निर्वाचनमा बानियाँ र लामाबीचको प्रतिस्पर्धा दोस्रो पटक भएको हो ।

यसअघिको दलको नेता चयन प्रक्रियामा लामाले २१ मत प्राप्त गरी विजयी भएका थिए भने बानियाँले १६ मत पाएका थिए । यसपटकको निर्वाचनले कांग्रेस संसदीय दलमा नेतृत्व परिवर्तन भएको छ ।

Tokha