काठमाडौं । बागमती प्रदेशका चार जना मन्त्रीहरूले आफ्नो पदबाट शुक्रबार राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन् ।
यी चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । उनीहरूको राजीनामाको विस्तृत कारण भने अझै सार्वजनिक गरिएको छैन।

































