महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तराई-मधेसको सुक्खाग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । यस क्षेत्रमा वर्षाको कमीले धान रोपाइँमा परेको प्रभाव र उत्पन्न संकटबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन् ।
गत साउन ७ गतेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशलाई आगामी तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने महत्वपूर्ण निर्णय गरेको थियो । यो निर्णयसँगै प्रधानमन्त्री ओलीले यसअघि नै समस्या समाधानका उपायबारे सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकारका पदाधिकारीहरू र उच्च अधिकारीहरूसँग छलफल गरिसकेका थिए ।
सुक्खाग्रस्त क्षेत्रको अवलोकनका क्रममा प्रधानमन्त्री ओली महोत्तरी र बारा जिल्लामा आयोजित अन्य कार्यक्रमहरूमा पनि सहभागी हुने छन् ।

































