एमाले केन्द्रीय कमिटी बैठक सुरु

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय लतिलपुरको च्यासलमा बैठक सुरु भएको एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

मंगलबारको बैठकमा पार्टीको सचिवालय र पोलिटब्यूरो बैठकद्वारा पारित  उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने छन् ।

सोमबार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले आज प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने छन् । आज कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावमाथि आ-आफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रतिवदेनमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । सोमबार प्रतिवेदनमाथि ४९ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।

Tokha