काठमाडौं । घुस ‘डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री निवास पुगेर राजीनामा बुझाएका हुन् ।
घुससम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री र प्रधानमन्त्री स्वयंको मौनताबारे चर्को आलोचना भइरहेको थियो । मन्त्री गुप्ता सोमबारको मन्त्रिपरिषद् बैठकमा समेत सहभागी भएका थिए ।
सार्वजनिक अडियोको सत्यता पत्ता लगाउन यसलाई फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको छ । सार्वजनिक अडियोमा भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवाका लागि बिचौलिया र मन्त्री गुप्ताबीच ७८ लाख रुपैयाँको घुस डिल भएको उल्लेख छ ।

































