प्रेस सेन्टरकी नेतृ टिका केसी प्रेस चौतारीमा प्रवेश

प्रेस सेन्टरकी नेतृ टिका केसी प्रेस चौतारीमा प्रवेश

रुकुम । प्रेस सेन्टर रुकुम पूर्वकी नेतृ तथा प्रेस सेन्टर सिस्ने गाउँपालिकाकी सचिव टिका केसी प्रेस चौतारीमा प्रवेश गरेकी छन् । केसीलाई प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह-इन्चार्ज गणेश आचार्यले शुक्रबार स्वागत गरेका हुन् ।

अखिल क्रान्तिकारीको जिल्ला कमिटी सदस्यसमेत रहेकी केसीले एक विज्ञप्ति जारी गर्दै माओवादीका सबै जनवर्गीय संगठन परित्याग गरी प्रेस चौतारीमा आबद्ध भएको घोषणा गरेकी छन् ।

प्रेस सेन्टर छोडेर आएकी केसीलाई प्रेस चौतारीमा उचित जिम्मेवारी दिइने चौतारीका केन्द्रीय सदस्य आचार्यले जानकारी दिएका छन् ।

Tokha