पार्टीको आन्तरिक एकता मजबुद भए एमालेलाई बहुमत ल्याउन समस्या छैन : कैलाश ढुंगेल

पार्टीको आन्तरिक एकता मजबुद भए एमालेलाई बहुमत ल्याउन समस्या छैन : कैलाश ढुंगेल

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशका समितीका अध्यक्ष कैलाश ढुंगेलले मिसन ८४ मा एकल बहुमत ल्याउनका लागि पार्टीभित्रको आन्तरिक एकता मजबुद बनाउनुपर्ने बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई शुक्रबार च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ढुंगेलले पार्टीका नेता कार्यकर्ताले जनताका समस्यासँग भिजेर समाधान दिंदा मात्र पार्टीप्रतिको आकर्षण बढ्ने उनको भनाइ छ । 󠆼‘हामीले हालसम्म जनताका समस्या सुन्यौं मात्र चाहेजस्तो समाधान दिन सकेनौं’ ढुंगेलले भने ‘अब समस्या पनि सुनौं समाधान पनि दिऔं ।’ जनताले आस्वासनलाई मात्र विश्वास नगर्ने भएकोले नतिजामा ध्यान दिन उहाँले पार्टी नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

एमाले र काँग्रेसजस्ता दुई ठुला दलको सरकार किन बन्यो भनेर कार्यकता तहमा अनेक भ्रम र आशंका रहेकोमा वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ ले सो भ्रमलाई चिरेको उनको भनाइ छ । पार्टीका निर्णय,सोच,विधी,भावी कार्ययोजना जनतासम्म पुर्‍याउने माध्यम भनेको पार्टीका कार्यकर्ता नै हौं । त्यसैले हामीले सही कुरा बुझेर जनतामा पनि सही सुचना प्रवाह गर्न सकियो भने सरकार र पार्टीप्रति जनताले बनाएका नकारात्मक धारणा अन्त्य हुने ढुंगेलको भनाइ छ ।

पार्टीले गत वर्ष माघ देखि सञ्चालन गरेको तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियानले बागमती प्रदेशमा उल्लेख्य उपलब्धी दिएको उनको भनाइ छ । लामो समय देखि पार्टी सदस्यता अद्यावधिक,अभिलेख निर्माणमा भएको समस्या पनि अहिले समाधान भएको उनको भनाइ छ । ‘माओवादीसँग भएको पार्टी एकताका कारण सदस्यता अद्यावधिकमा थुप्रै समस्या एमालेमा भित्रिएका थिए’ ढुंगेलले भने ‘अहिले ति समस्या समाधान भएका छन् । पार्टीका हरेक कुराहरु अद्यावधिक गरिएको छ । ’

बैठकलाई सम्बोधन गर्दै ढुंगेलले बागमतिमा एमाले एकजुट भएर लागेमा आउने निर्वाचनमा यस प्रदेशका ३३ वटैं संघीय निर्वाचन क्षेत्र,६६ वटा प्रदेश निर्वाचन क्षेत्र र ११९ वटै स्थानीय तहमा बहुमत ल्याउन समस्या नहुने उनको भनाइ छ । ‘२०७९ को निर्वाचन बागमती प्रदेशका लागि त्यती सुखद् भएन तर ८४ मा यसबाट पाठ सिकेर एकल बहुमत ल्याउने गरी अघि बढ्नु पर्दछ’ ढुंगेलले भने ।

बैठक बागमती प्रदेश कमिटीका इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा जारी रहेको कमिटीका सचिवालयल सदस्य रमेश आचार्यले जानकारी दिए ।

Tokha