सिंहदरबारमा समिति बैठकमा तनाव, टेबल ठोक्दै चर्काचर्की

सिंहदरबारमा समिति बैठकमा तनाव, टेबल ठोक्दै चर्काचर्की

काठमाडौं । शुक्रबार विहान सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चर्काचर्की भएको छ ।

समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानविन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो ।

समिति सभापति अब्दुल खानले विषयबस्तुमाथि प्रष्ट पारेर सांसदहरुको धारणा माग गर्ने सिलसिलामा प्रतिपक्षी दलका सांसदहरुले विषयान्तर गर्दै टेबल ठोकेका थिए ।

Tokha