शिक्षा केवल अंक र ग्रेडमा सीमित नभई व्यवहार, विचार र विद्यामा गुणस्तरीय विकास हुनु होः उपप्रमुख लामा

शिक्षा केवल अंक र ग्रेडमा सीमित नभई व्यवहार, विचार र विद्यामा गुणस्तरीय विकास हुनु होः उपप्रमुख लामा

काठमाडौं । बुढानीलकण्ठ का सामुदायिक विद्यालयहरूले यस वर्षको एसईई परीक्षामा उत्साहजनक नतिजा हासिल गरेका छन् । नगरपालिकाभित्र रहेका १४ वटा सामुदायिक विद्यालयमध्ये ८०.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले एसईई माध्यमिक तहको एउटा साझा परीक्षा मात्र भएकाले यसलाई केवल जिपिएसँग मात्र जोडेर हेर्न नहुने बताएकी छिन् । नतिजाबारे सामाजिक सञ्जालमा लेख्दै लामाले शिक्षा केवल अंक र ग्रेडमा सीमित नभई व्यवहार, विचार र विद्यामा गुणस्तरीय विकास हुनु नै वास्तविक उपलब्धि हुने धारणा व्यक्त गरेकी छिन् ।

उनले भनेकी छिन्–“एसईई माध्यमिक तहको एउटा साझा परीक्षण मात्रै हो । यसलाई जिपिएको ह्याङओभरमा घोलिन नदिऔँ । व्यवहार, विचार र विद्यामा गुणगत जिपिए हाम्रो ध्येय हुनुपर्छ,।” उनले सन्देशसहित विद्यार्थीलाई समग्र व्यक्तित्व विकासतर्फ उन्मुख हुन आग्रह गरेकी छिन् ।

Tokha