काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र व्यवस्थापन सुधारका विषयमा प्रधानाध्यापकहरूसँग छलफल गरेको छ।
नगर प्रमुख मिठाराम अधिकारीसहित आयोजित बैठकमा शैक्षिक स्तर सुधार, विद्यार्थी संख्या वृद्धि, शिक्षक व्यवस्थापन र पूर्वाधार सुधारका विषयमा केन्द्रित छलफल भएको थियो। नगर प्रमुख अधिकारीले गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि विद्यालय, अभिभावक र नगरपालिकाबीच समन्वय आवश्यक रहेको बताए।
प्रधानाध्यापकहरूले विद्यालयका चुनौती र सुधारका सुझाव प्रस्तुत गरेका थिए। बैठकले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सहकार्यलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।



































