काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा एन्टिमाइक्रोबायल रेजिस्टेन्स (एएमआर) तथा औषधिको सही प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
जनस्वास्थ्य महाशाखाको आयोजनामा भएको कार्यक्रममा नगर कर्मचारी, औषधि व्यवसायी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा पार्ने असर, एन्टिबायोटिक प्रतिरोधको जोखिम तथा यसको रोकथामका उपायबारे जानकारी दिइएको थियो।
स्वास्थ्यकर्मीहरूले चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न र एन्टिबायोटिकको दुरुपयोगबाट बच्न आग्रह गरेका छन्। नगरपालिकाले यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने जनाएको छ।



































