काठमाडौं । ढानीलकण्ठ नगरपालिकाले महिला समूह तथा समितिका पदाधिकारीलाई लक्षित गर्दै बीऊ–पूँजी परिचालनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा महिला समूह तथा समितिमा आबद्ध पदाधिकारीबीच बीऊ–पूँजी परिचालन, प्रभावकारी समूह सञ्चालन र स्थानीय तहमा महिलाको सक्रिय सहभागिताका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख अनिता लामाको विशेष उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा सामूहिक नेतृत्व क्षमतामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।



































