हिमपातका कारण मकालु आधार शिविर क्षेत्रमा फसेका विदेशीको ६ दिनपछि उद्धार

हिमपातका कारण मकालु आधार शिविर क्षेत्रमा फसेका विदेशीको ६ दिनपछि उद्धार

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-२ स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

प्रतिकूल मौसमका र हिमपातका कारण मकालु-२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको ६ दिनपछि आइतबार बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।

उद्धार गरिएका नोभासलाई सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ दिङ्बोचेतर्फ लगिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । मकालु आधार शिविर क्षेत्रमा करिब ७० जना विदेशी पर्यटक र करिब ६० जना नेपाली पर्यटक फसेका थिए ।

Tokha