थापाथलीमा ट्राफिक प्रहरी बिट हटाउन महानगरको डोजर पुगेपछि सुरक्षा कडाइ

थापाथलीमा ट्राफिक प्रहरी बिट हटाउन महानगरको डोजर पुगेपछि सुरक्षा कडाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको कार्यालय परिसरमा डोजर परिचालन गरेको छ। सम्पदा संरक्षण र सार्वजनिक जमिन अतिक्रमणविरुद्धको अभियानअन्तर्गत महानगरले त्यहाँ निर्माण भएका अवैध संरचना हटाउने कार्य सुरु गरेको हो।

महानगरका अनुसार सो क्षेत्रको केही भाग सार्वजनिक जग्गा अतिक्रमण गरी ट्राफिक प्रहरी बिट स्थापना गरिएको पाइएको छ। सोही आधारमा शुक्रबार बिहान महानगरको डोजर संरचना भत्काउन पुगेको हो।

यस क्रममा ठूलो संख्यामा महानगरको नगर प्रहरीसहित नेपाल प्रहरी पनि तैनाथ गरिएको छ। दुबै पक्षका सुरक्षाकर्मीको उपस्थिति बढेपछि त्यहाँ आवागमनमा केही अवरोध देखिएको छ।

महानगरले यसअघि नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाउँदै अवैध संरचना हटाउन आग्रह गरेको थियो । महानगरका अनुसार सार्वजनिक जग्गा संरक्षण अभियान निरन्तर रूपमा अघि बढाइनेछ ।

Tokha