नागढुंगाबाट खैरो हिरोइनसहित एक जना पक्राउ

नागढुंगाबाट खैरो हिरोइनसहित एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एकजनालई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग तथा लागूऔषध नियन्त्रण ब्यूरो नागढुंगाको टोलीले चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बाप्र००१-००६ख७३३५ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा सात ग्राम लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-३ का ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

Tokha