बूढानीलकण्ठमा विश्व ताइची तथा छिगोङ दिवस मनाइयो

बूढानीलकण्ठमा विश्व ताइची तथा छिगोङ दिवस मनाइयो

काठमाडौँ — नेपाल उमा कुङफु संघले शनिबार विभिन्न कार्यक्रमसहित विश्व ताइची तथा छिगोङ दिवस मनाएको छ।

बूढानीलकण्ठ मन्दिर परिसर मा आयोजित कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा ले उद्घाटन गरेकी थिइन्। बूढानीलकण्ठ नगरपालिका–३ को सहयोगमा सम्पन्न कार्यक्रममा २५० भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा बूढानीलकण्ठ लायन ड्रागन एसोसिएसन का खेलाडीहरूले आकर्षक लायन डान्स प्रस्तुत गरेका थिए। साथै छिगोङ, ताइची २४ फर्म, ताइची स्वार्ड र ताइची ४२ फर्मजस्ता विधाहरूको कलात्मक प्रदर्शन गरिएको संघका अध्यक्ष सन्जीतकुमार राई ले जानकारी दिए।

सो अवसरमा शंखपार्क ताइची क्लब का चन्द्रबहादुर शाह, हरिकुमार कार्की र श्यामप्रसाद गौतम तथा बूढानीलकण्ठ नगरपालिका–३ का सदस्य एवं पूर्वफुटबलर विकास तामाङलाई सम्मान गरिएको थियो।

Tokha