काठमाडौँ, १५ फागुन : जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व शान्तिपूर्वक र सुरक्षित वातावरणमा मनाउन सबैलाई आग्रह गरेको छ।
कार्यालयले सार्वजनिक स्थानमा भीडभाड, मेला–महोत्सव, र मदिरा सेवन वा वितरण नगर्न विशेष अनुरोध गरेको छ।
धार्मिक र सांस्कृतिक रूपमा घरपरिसरभित्र परिवार तथा साथीभाइसँग होली मनाउन भने स्वतन्त्रता रहने जानकारी दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा आसन्न निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आचारसंहिता पालना गर्न जोड दिइएको छ। यस अनुसार:
-
जुलुस, आमसभा वा प्रचार–प्रसारमा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा, स्टिकर, टोपी, टी–सर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न पाइँदैन।
-
कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, सार्वजनिक मर्यादा भङ्ग गर्ने, हो–हल्ला वा अराजक गतिविधि गर्ने काम कानुनविपरीत हुनेछ।
प्रशासनले सबैलाई घरभित्र होली मनाउन र राजनीतिक प्रतीक प्रयोग नगर्न सचेत गराएको छ।
































