काठमाडौँ, १५ फागुन : आज विभिन्न स्थानमा भएका सवारी दुर्घटना र अन्य कारणले गर्दा दुई जनाको मृत्यु भएको छ भने चार जनालाई मृत अवस्थामा फेला पारिएको छ।
सुनसरीको इटहरी–१० मा टिपरले मोटरसाइकल ठक्कर दिँदा अजयकुमार चौधरीको मृत्यु भएको छ भने गोरखाको अजिरकोट–१ ताराखोलास्थित सडकमा बोलेरो दुर्घटनामा नुवाकोटका जैबहादुर तामाङको मृत्यु भएको छ।
त्यसैगरी, काठमाडौँको पाशुपत क्षेत्र, मोरङको सुन्दरहरैचा–७ का लोकबहादुर भुजेल, दाङको घोराही–१३ का निकास घर्ती र काभ्रेको बनेपा–६ मा बस्ने पाँचथरका धनबहादुर सुब्बा मृत फेला परेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै घटनास्थलमा तथ्याङ्क संकलन गरिरहेको छ।
































