काठमाडौँ, १५ फागुन : यही फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटाइने भएका छन्।
७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३,११२ स्थायी मतदान केन्द्र र समानुपातिक मतमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा कर्मचारी खटाइनेछ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार:
-
पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना कर्मचारी,
-
५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि उनीहरूले केन्द्रमा खटिने अन्य कर्मचारीलाई पनि प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ।
निर्वाचन सामग्री र मतपत्र बिहीबार १६५ वटै निर्वाचन क्षेत्रमा वितरण भइसकेको आयोगले जनाएको छ।
































