काठमाडौँ, १५ फागुन : स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा भने वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु ५०० ले घटेर रु तीन लाख १४ हजार ९०० कायम भएको छ। बिहीबार सुन प्रतितोला रु तीन लाख १५ हजार ४०० मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला रु १५ ले बढेको छ। आज चाँदी प्रतितोला रु पाँच हजार ७४० निर्धारण गरिएको छ, जबकि बिहीबार यसको मूल्य रु पाँच हजार ५२५ रहेको थियो।
महासङ्घका अनुसार गत बुधबार सुन प्रतितोला रु तीन लाख १४ हजार ९०० र चाँदी रु पाँच हजार ५८५ मा कारोबार भएको थियो। त्यसैगरी, सोमबार सुन रु तीन लाख १३ हजार ५०० र चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस पाँच हजार १८७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ९० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।






























