सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, १३ फागुन:

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ।

आज ३३३ कम्पनीका एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० बराबरको कारोबार भएको छ। कारोबारमा वित्त समूह ०.२८ प्रतिशत, म्युचुअल फन्ड ०.०२ प्रतिशत र व्यापार समूह ०.८९ प्रतिशतले घटेका छन् भने अन्य सबै समूहका उपसूचक बढेका छन्।

बैंकिङ समूह ०.२२, विकास बैंक ०.२१, होटल तथा पर्यटन ०.४७, जलविद्युत् ०.३९, लगानी ०.३०, जीवन बिमा १.७९, उत्पादन तथा प्रशोधन ०.८३, लघुवित्त ०.१५, निर्जीवन बिमा ०.१९ र अन्य समूह ०.३५ प्रतिशतले बढेका छन्।

आजको कारोबारमा सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ५.९८ प्रतिशतले घटेको छ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी रु २८ करोड ६९ लाख १९ हजार २७५ बराबरको आठ लाख तीन हजार ६१० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

Tokha