मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक

काठमाडौँ, १३ फागुन:

मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६) स्वीकृत गरेको छ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माले आज निर्णय सार्वजनिक गर्दै न्याय सेवा परिषद्को सिफारिसबमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको जानकारी दिनुभयो।

बैठकले नेपाली सेनाका दुई प्रमुख सेनानीलाई महासेनानी पदमा बढुवा तथा दुई महासेनानीको सरुवा गर्ने निर्णय गरेको छ। साथै, यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेशको जाँचबुझ गर्न गठित आयोगको कार्यावधि एक महिना थप गरिएको छ।

निर्वाचनका क्रममा सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा उपचार खर्च सरकारले बेहोर्ने र मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

सरकारका प्रवक्ता अर्यालका अनुसार बिमा ऐन, २०७९को दफा १४० बमोजिमका कसुरसम्बन्धी मुद्दा निरुपण गर्न देशका ७७ वटै जिल्ला अदालतलाई तोक्ने निर्णय भएको छ।

त्यसैगरी चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुन लागेको कलङ्की–बसुन्धरा खण्डको काठमाडौँ चक्रपथ सुधार आयोजनालाई कर छुट दिने निर्णय गरिएको छ।

बैठकले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभा निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णयसमेत गरेको छ।

Tokha