काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस मचानेटारमा दुर्घटना, घाइतेको उद्धार गरिँदै

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस मचानेटारमा दुर्घटना, घाइतेको उद्धार गरिँदै

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा दुर्घटनामा परेको छ। बस मचानेटार क्षेत्रमा पुगेको बेला तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस नदीमा खसेको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले पनि बस दुर्घटनामा परेको जानकारी दिएका छन् ।

दुर्घटनामा बसमा सवार ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Tokha