काठमाडौं । सेयर बजार आइतबार बढेको छ । नेप्से परिसूचक ३१.१२ अंकले बढेर २,६७२ अंकमा उक्लिएको हो । दिनभर कारोबारमा बजार सकारात्मक रहेकाले सबै समूहगत सूचकमा वृद्धि देखिएको छ ।
आजको बजारमा २२४ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनी घटेको र ५ कम्पनी स्थिर रहेको छ । कुल कारोबार रकम ८ अर्ब ४० करोड पुगेको छ, जुन अघिल्लो कारोबार दिनको ६ अर्ब २० करोडभन्दा बढी हो ।
वित्त समूह सबैभन्दा धेरै ५.७३ प्रतिशतले बढेको छ । त्यसैगरी विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बिमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, लघुवित्त १.३१, निर्जीवन बिमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशतले बढेका छन्।
आज चार कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीहरू हुन्स् सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स । त्यस्तै सेन्ट्रल फाइनान्सको मूल्य ८.८८, गुराँस लघुवित्त ८.८६ र बन्दीपुर केबुलकार ७.४७ प्रतिशतले बढेको छ।
बजारमा सबैभन्दा बढी घटेको कम्पनी थ्रीस्टार हाइड्रोपावर हो, जसको मूल्य ८.७८ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी कारोबार भएका कम्पनीमा मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत रहेका छन् ।

































