सिनामंगलको काठ गोदाममा भीषण आगलागी

सिनामंगलको काठ गोदाममा भीषण आगलागी

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको एक काठ गोदाममा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आगो निभाउने कार्य भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्नेबारे तत्काल खुल्न नसकेको र यसबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

एसपी भट्टराईले भने, ‘आगलागीको कारण र यसबाट भएको मानवीय वा भौतिक क्षतिको यकिन विवरण संकलन भइरहेको छ।’

आगो फैलिन नदिन र आसपासका बस्तीलाई सुरक्षित राख्न सुरक्षाकर्मी र स्थानीयले सतर्कता अपनाएका छन् । गोदाममा रहेका प्रज्वलनशील काठका कारण आगो नियन्त्रणमा लिन केही कठिन भइरहेको बताइएको छ ।

Tokha