त्रिभुवन राजपथको ऐतिहासिक नाका, फेरि जुर्मुराउँदै दामनको पर्यटन

त्रिभुवन राजपथको ऐतिहासिक नाका, फेरि जुर्मुराउँदै दामनको पर्यटन

मकवानपुर । सहरको व्यस्त दैनिकीबाट केही समय सुस्ताउने मन जो-कोहीलाई हुन्छ । काठमाडौंको कोलाहल वातावरणबाट टाढा शान्त, चिसो र प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेका लागि दामन उत्कृष्ट गन्तव्य बनेको छ ।

मकवानपुरको थाहा नगरपालिकामा पर्ने दामन काठमाडौंबाट धेरै टाढा पनि छैन । थानकोट-नौबिसे हुँदै भित्रुवन (त्रिभुवन राजपथ) राजमार्गबाट करिब ७५ किलोमिटर दूरी पार गरेपछि तीन घण्टामै दामन पुग्न सकिन्छ ।

चन्द्रागिरि हुँदै चित्लाङको कच्ची बाटो प्रयोग गर्दा झन्डै आधा समयमै दामन पुग्न सकिने विकल्प पनि छ । यसैगरी दक्षिणकालीबाट फाखेल-कुलेखानी-मार्खु-टौखेल-बज्रवाराही हुँदै जाने अर्को वैकल्पिक मार्गले पनि यात्रालाई रोचक बनाउँछ । हेटौंडाबाट करिब ५० किलोमिटरको दूरीमा रहेको दामन बागमती प्रदेश राजधानीसँगै तराई क्षेत्रका शहरहरूबाट पनि सजिलै पुग्न सकिने स्थान हो ।

दामनभन्दा केही उचाइमा रहेको सिमभञ्ज्याङ त्रिभुवन राजपथको सबैभन्दा अग्लो बिन्दु हो । ऐतिहासिक रूपमा सिमभञ्ज्याङ काठमाडौं उपत्यका र मकवानपुर-तराई क्षेत्र जोड्ने प्रमुख पहाडी नाका का रूपमा प्रयोग हुँदै आएको छ ।

राणा शासनकालमा यही पास हुँदै सरकारी अधिकारी, व्यापारी र सेनाहरू ओहोरदोहोर गर्ने गर्थे । आज सिमभञ्ज्याङ जिल्लाकै सबैभन्दा अग्लो क्षेत्रका रूपमा परिचित छ ।

Tokha