सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दर अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ, जुन मंगलबारको तुलनामा २०० रुपैयाँले बढी हो । मंगलबार बजारमा सुन २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । मंगलबार ३,६०० रुपैयाँ प्रतितोला रहेको चाँदी बुधबार ३,७५० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । आज चाँदी १५० रुपैयाँले महँगिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रति औंस ४,२०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tokha