भन्सार एजेन्टको आन्दोलनले जाँचपास ठप्प

भन्सार एजेन्टको आन्दोलनले जाँचपास ठप्प

पर्सा । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ । यही मंसिर २० गतेदेखि लागू भएको भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति विमति जनाउँदै भन्सार ‘एजेन्ट’ आन्दोलित भएका हुन् ।

मंगलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपास बाहेक सबै काम ठप्प रह्यो । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन, २०८२  बाट सिर्जित समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् । वीरगन्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको र आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा  आफू आशावादी रहेको बताए ।

 

Tokha