एनपीएल एलिमिनेटर : काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

एनपीएल एलिमिनेटर : काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  इलिमिनेटरमा आज अपराह्न ४:०० बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

काठमाडौं तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ ।  लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको  थियो ।

Tokha