रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवा । जंगली भालुको आक्रमणबाट रसुवाको खाल्चेत क्षेत्रमा सोमबार दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका-५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका-५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्। उनीहरूलाई आज बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए ।

निजी जमिनमा घाँस काटी रहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीयवासिन्दाले बताएका छन् ।  भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

 

Tokha