हेटौंडा बाइपास सडक विस्तार तीव्र, मुख्य सडकको भीड घटाउन वैकल्पिक मार्ग प्रयोगको तयारी

हेटौंडा बाइपास सडक विस्तार तीव्र, मुख्य सडकको भीड घटाउन वैकल्पिक मार्ग प्रयोगको तयारी

मकवानपुर । हेटौंडा बजार क्षेत्र हुँदै जाने मुख्य सडकको भीडभार कम गर्न निर्माणाधीन बाइपास सडकको कामतीव्र गतिमा अघि बढेको छ। सडक डिभिजन कार्यालय, हेटौँडाले वैकल्पिकमार्गका रूपमातयार पारिएको बाइपास खण्डमा आवश्यकतयारी अन्तिम चरणमा पुगेको र निर्माण कार्य निरन्तर जारी रहेको जनाएको छ।

रातोमाटे-बुद्धचोक-राप्तीपुलहुँदै सामरी पुलसम्म करीब ९.५ किलोमिटर दूरीमा पर्ने मुख्य सडक विस्तार तथाव्यवस्थापनकार्यसँगै बजार भीड घटाउन निर्माण गरिएको बाइपास रोड ३ किलोमिटर लम्बाइको रहेको डिभिजनले जनाएको छ।

डिभिजनले अतिक्रमित संरचना हटाउने, सडक चौडाइ रेखांकन गर्ने, आवश्यकग्राभेल-प्याकिङ, रोलिङ तथा ट्राफिक व्यवस्थापनमिलाउने जस्ता काम अघि बढाइरहेको छ। सो क्षेत्रमा रहेका ५३१ संरचनामध्ये धेरैलाई सूचनादिएर हटाउने प्रक्रिया सुरु गरिएको छ।

डिभिजनका इञ्जिनियरका अनुसार बजार क्षेत्रमा बढ्दो जाम हटाउन बाइपास मार्गलाई प्राथमिकताका साथव्यवस्थित गरिँदैछ। प्राविधिककाम सकिएलगत्तै सवारी साधनलाई चरणबद्ध रूपमाबाइपासमार्ग हुँदै सञ्चालन गर्ने तयारी भइरहेको छ।

यद्यपिकेही स्थानमा स्थानीयवासीले मुआब्जातथा संरचना हटाउने विषयमा असन्तुष्टि जनाएपछि काम केहीअन्तरालमाप्रभावितभएको बताइएको छ। तर, डिभिजनले सबै प्रक्रियाकानुनीतथाप्राविधिक ढंगले अघि बढाइने र प्रभावितलाई सम्भव सहयोग प्रदान गरिने उल्लेख गरेको छ।

सडक डिभिजन कार्यालयले निर्माण कार्यका कारण अस्थायी रूपमा वैकल्पिकमार्ग प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ। १५दिने सूचनाअवधि सकिएपछि भोलिदेखि सडक विस्तारको कामऔपचारिक रूपमा सुरु हुने डिभिजन प्रमुखगुरुप्रसाद अधिकारीले बताएका छन्।

अधिकारीकाअनुसार हेटौ|डा बजार क्षेत्रभित्रचल्ने साना सवारी, अटो, मयुरी रिक्सालगायतका साधनलाई पनिबाइपासमार्गतर्फ मोडिने तयारी गरिएको छ, जसले बजारभित्रको भीडभार उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ।

Tokha