बारा । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा क्षेत्रमा बिहीबार पनि कर्फ्यू आदेश जारी गरेको छ। बिहानैदेखि जेन-जी समूहका युवाहरूले प्रदर्शन सुरु गरेपछि संभावित भिडन्त र हिंसात्मक घटना रोक्न स्थानीय प्रशासनले कर्फ्यू लागू गरेको हो ।
प्रशासनले दिउँसो १ बजेबाट राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जनाइएको छ। स्थिति नियन्त्रणबाहिर नजाओस् भन्ने उद्देश्यले सार्वजनिक स्थलमा जमघट, आवतजावत तथा बिरोध प्रदर्शनमा कडाइ गरिएको छ ।
यसअघि बुधबार पनि सिमरामा युवा समूहका प्रदर्शनले वातावरण तनाब बढेपछि सुरक्षा निकाय उच्च सतर्कतामा छन् । प्रशासनले शान्ति-सुरक्षा कायम राख्न सबैलाई कर्फ्यू आदेशको पालना गर्न आग्रह गरेको छ।

































