काठमाडौं । चालु आर्थिक वर्षको चार महिना पूरा हुँदासमेत मधेस प्रदेशका २४ स्थानीय तहले अझै बजेट प्रस्तुत गर्न सकेका छैनन्। देशभर ७२८ स्थानीय तहले बजेट पेस गरिसके पनि २५ स्थानीय तह भने अहिलेसम्म पनि बजेटविहीन छन्।
संवैधानिक प्रावधानअनुसार संघले जेठ १५ गते, प्रदेशले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्छ। तर मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये ११२ ले मात्र बजेट पेस गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, सप्तरीका राजविराज, अग्नीसाइर कृष्णासवरण, बलान बिहुन र कल्याणपुरस सिराहाका धनगढीमाई र सुखीपुरस धनुषाका क्षिरेश्वर, नगराइन, औरही, कमला, धनौजी र जनकनन्दिनीस महोत्तरीको सोनमास रौतहटका कटहरिया, देवाही गोनाही, फतुवा विजयपुर र यमुनामाईस बाराका महागढीमाई र विश्रामपुरस पर्साको पकाहा मैनपुर गाउँपालिका तथा सर्लाहीका मलङ्गवा, हरिवन, चन्द्रनगर र रामनगर स्थानीय तहले हालसम्म बजेट ल्याउन सकेका छैनन्।
यस्तै, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले पनि चालु आवको बजेट पेस गरेको छैन।

































