लगातारको हिमपातले मनाङको जनजीवन प्रभावित, पदयात्रा सुचारु गर्न बाटो खोल्ने प्रयास

लगातारको हिमपातले मनाङको जनजीवन प्रभावित, पदयात्रा सुचारु गर्न बाटो खोल्ने प्रयास

मनाङ । लगातारको हिमपातका कारण मनाङमा जनजीवन अस्तव्यस्त बनेको छ। हिउँले पदमार्ग ढाकिएपछि तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास र मनास्लु पदमार्गमा जाने पर्यटकको यात्रा रोकिएको छ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार जिल्ला प्रशासन, स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र पर्यटन व्यवसायीको सहकार्यमा बाटो खुलाउने काम भइरहेको छ । उनले मौसम सुधारसँगै पथप्रदर्शकसहितका पर्यटकलाई माथिल्लो क्षेत्रमा जान अनुमति दिइएको जानकारी दिए ।

एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले तिलिचो आधार शिविरसम्मको बाटो खुलिसकेको र तालसम्म मार्ग खोल्ने प्रयास भइरहेको बताए । उनका अनुसार थोराङ्ला भञ्ज्याङतर्फ पनि करिब २०० विदेशी पर्यटक हिँडेका छन् ।

यद्यपि, माथिल्लो क्षेत्रमा अझै बाक्लो हिउँ रहेको र हिमपहिरोको जोखिम कायमै भएकाले प्रशासनले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।

Tokha