लुम्बिनी लायन्सले टस जितरे बलिङ गर्ने

लुम्बिनी लायन्सले टस जितरे बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत बिहीबारको खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर सुरुमा बलिङ रोजेपछि चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको हो ।

पहिलो संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो ।

पहिलो संस्करणको  लिग चरणमा चितवनविरुद्ध लुम्बिनी  ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ ।

चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै ३ अंक जोडि सकेको छ ।

 

Tokha