वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध, पालनेथोक-चौकिडाँडा खण्डमा पहिरो खस्दा हिजो साँझदेखि सवारीसाधन रोकिए

वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध, पालनेथोक-चौकिडाँडा खण्डमा पहिरो खस्दा हिजो साँझदेखि सवारीसाधन रोकिए

रामेछाप।  बिपी राजमार्गको नेपालथोक-चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पहिरो खसेपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको छ ।

मंगलटार प्रहरी चौकीका अनुसार नेपालथोकमा हिजो साँझ ५ बजेदेखि गाडी रोकिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाथोक प्रहरीले  हिजो साँझदेखि नै सवारी साधन रोकेको हो ।

प्रहरीका अनुसार रोशीखोला किनारमा बनाइएका डाइभर्सनमा कुनै क्षति भएको छैन, तर केही स्थानमा माटो र ढुङ्गासहितको पहिरो खसेका कारण सवारी सञ्चालनमा कठिनाइ आएको छ । निरन्तर भइरहेको वर्षाले पैरो पन्छाउने काम प्रभावित बनेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक जोखिम नलिन, जो जहाँ छन् त्यहीँ सुरक्षित बस्न र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

Tokha