काठमाडौं । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटभित्र ६ वटा जलेको अवस्थामा मानव कंकाल भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार शवहरू चिन्न नसकिने अवस्थामा छन् ।
प्रहरीले शवको पहिचान डीएनए परीक्षणमार्फत मात्रै सम्भव हुने जनाएको छ ।
भदौ २३ गतेको ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीको गोली लागी देशभर २१ जनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेको थियो । भोलिपल्ट अर्थात २४ गते देशैभर तोडफोड र आगजनी भएको थियो । सोही क्रममा भाटभटेनीमा पनि आगलागी भएको थियो ।
यसै आन्दोलनसँग सम्बन्धित घटनामा अहिलेसम्म ५८ जनाको मृत्यु भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।

































