चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु

चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु

काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ ।

पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।

नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ्को तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार नारायणी-माडी फिडरहरू  बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ,मेघौली-विजयनगर-शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म र जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म लोडसेडिङ हुने छ ।

Tokha