काठमाडौं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
सोमबार यू-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो।
खेल बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । यसअघिका पाँच खेलमा बंगलादेश अपराजित रहँदै १५ अंकका साथ शीर्षस्थानमा छ भने १२ अंक भएको नेपाल दोस्रो स्थानमा छ ।
यसअघि, आज दिउँसो पौने ३ बजे भुटान र श्रीलंका भिड्ने छन् । भुटान ३ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका अंकविहीन हुँदै पुछारमा छ ।

































