काठमाडौं । मंगलबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६० अंकमा पुगेको छ, जुन १.२६ प्रतिशतको वृद्धि हो ।
कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। अघिल्लो दिन ८ अर्ब १७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ९ अर्ब ४१ करोड रुपैयाँको सेयर खरिदबिक्री भयो । यस दिन कुल २०९ कम्पनीको सेयर मूल्य बढ्यो भने ३९ कम्पनीको घट्यो ।
मंगलबार बजारका सबै समूहका सूचक बढेका छन् । बैंकिङ समूह सबैभन्दा धेरै १.८१ प्रतिशतले बढ्यो ।
विकास बैंक १.२२, फाइनान्स १.७९, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.७१, लगानी १.०८, जीवन बिमा ०.६८, उत्पादन तथा प्रशोधन ०.८८, माइक्रोफाइनान्स १.२८, निर्जीवन बिमा ०.७६, अन्य ०.५२ प्रतिशत र व्यापार ०.८५ प्रतिशतले बढेका छन् ।
मंगलबार सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.०८ प्रतिशतले बढ्यो । त्यसैगरी, राप्ती हाइड्रोको ५.८६ प्रतिशत, भूगोल इनर्जीको ५.७१ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको ५.४३ प्रतिशतले मूल्य वृद्धि भयो ।
यस्तै, भगवती हाइड्रोपावरको ४.६४ प्रतिशत, शुभम् पावरको ३.३३ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.२६ प्रतिशत र सप्तकोशी विकास बैंकको २.८२ प्रतिशत मूल्य घट्यो ।

































